• २०८३ बैशाख १७ गते बिहिवार

दाङमा नयाँ एसपीको एक्सन, साढे ८ किलो चरेससहित तीन पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

असोज २, दाङ । दाङमा भर्खरै सरुवा भएर आउनु भएका नयाँ एसपीको काम कार्वाही एक्सन सुरु भएको छ दाङ प्रहरीले साढे ८ किलो अबैध प्रतिबन्धित लागूऔषध चरेससहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ निवासी २१ बर्षीय गणेश वली, सोही ठाउँ निवासी २७ बर्षीय भूपेन्द्र थापा र ४० बर्षीय अमृत थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहका अनुसार उनीहरु तीनैजनालाई बुधबार दिउँसो घोराही उपमहानगरपालिका वडा नं. १९ खम्वास भन्ने स्थानबाट पक्राउ गरिएको हो । खम्बास दाङ–होलेरी सडकखण्डमा पर्ने गर्छ । पक्राउ परेका व्यक्तिहरुले प्रयोग गरेको रा ३ प ४५५९ नम्वरको मोटरसाइकल पनि बरामद भएको प्रहरीले बताएको छ । १५ दिनमा ९ जना पक्राउ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराई दाङमा आए पछी १५ दिनको अवधिमा ९ जना विभिन्न व्यक्ति प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् । यसअघि भदौ २८ गते घोराही उपमहानगरपालिका वडा नं. १४ मा डेरा गरी बस्ने २२ बर्षीया नविना रोका ३ केजी ३ सय ग्राम अफिमसहित पक्राउ परेकी थिइन् । रोका रोल्पा निवासी हुन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जसपुरबाट भदौ २६ गते तुलसीपुर–६ निवासी २३ बर्षीय विपिन भन्ने विक्रम जंग मल्ल पक्राउ परेका थिए । उनको साथबाट ४ ग्राम १० मिलिग्राम ब्राउ सुगर प्रहरीले फेला पारेको थियो । तुलसीपुरको वडा नं. ८ जीवन टोलबाट तुलसीपुर–५ बसपार्क निवासी माइली भनिने विमला नेपालीको साथबाट भदौ २४ गते १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उक्त दिनसँगै रहेका स्थानीय २५ बर्षीय मानबहादुर विकको २४० मिलिग्राम, सोही ठाउँकै २८ बर्षीय दिपककुमार वलीको साथबाट २२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ ।

त्यसअघि तुलसीपुरकै वडा नं. १८ मज्गैं पत्रेखोला नजिकैबाट बाँके जिल्लाको नेपालगञ्ज उपमहानरपालिका वडा नं. ९ निवासी २६ बर्षीय तसौवर खानको साथबाट १० ग्राम २१० मिलिग्राम ब्राउसुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी शाहले जानकारी दिएका छन् । पक्राउ परेका सबै विरुद्ध मुद्दा दायर गरी कानुनी कारवाही अगाडि बढाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस