जेठ ९, काठमाडौं ।आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९८ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।