• २०८३ बैशाख २८ गते सोमवार

समावेशीताको मुद्दासंगै प्रतिश्पर्धात्मक क्षमता जरुरी

पढ्न लाग्ने समय : २ मिनेट

पुष २१, काठमाण्डाै । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारितामा समावेशीताको मुद्दासंगै प्रतिश्पर्धात्मक क्षमता जरुरी रहेकोले सञ्चारकर्मीको ध्यान त्यसतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना र क्रियाशील दलित पत्रकार संघ नेपालको संयोजनमा आज काठमाडौंमा भएको कार्यक्रममा कार्यबाहक अध्यक्ष श्रेष्ठले पत्रकारिता लेखन क्षमतामा आधारित पेशा भएकोले त्यसलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो । उहाँले दलित समुदायका क्रियाशील पत्रकारहरुको क्षमता विकासलगायतका कार्यमा सहकार्य गर्न काउन्सिल तयार रहेको बताउनुभयो । संघका अध्यक्ष पवित्रा सुनारले पत्रकारितामा जात र समुदायबाट प्रतिनिधित्व गर्ने आधारमा पनि विभेद हुने गरेकोले त्यस्तो मानसिकता परिवर्तन जरुरी रहेको बताउनुभयो । उहाँले संघलाई भाषण गर्ने थलोका रुपमा नभई पत्रकारिता कर्म गर्नेहरुको साझा थलो बनाई व्यवसायीक पत्रकारिताको विकासमा जोड् दिने र यस कार्यमा काउन्सिलको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य ईश्वरी प्रसाद ओझा, चेतनाथ धमला, मुख्यअधिकृत झबिन्द्र भुषालले दलित पत्रकारहरुको क्षमता विकासलगायतका मुदामा काउन्सिलको सदैब सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संघका उपाध्यक्ष टिकाराम सुनारले मिडियामा समावेशीता किन भन्ने विषयमा प्रस्तुति राख्नुभएको थियो भने संघका महासचिव केशन भूल, सचिव विश्वास खड्काथोकी, कोषाध्यक्ष विष्णु विश्वकर्मा, रमेश टमट्टा, मिलन विश्वकर्मा, विष्णु रैगाई (परियार) लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । काउन्सिलका अधिकृत रहमतुल्ला मियाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस