• २०८३ बैशाख २१ गते सोमवार

धनकुटामा बस दुर्घटना, दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, धनकुटा। धनकुटामा बुधबार दिउँसो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा महालक्ष्मी-७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बसमा ३० जना सवार रहेका मध्ये ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको उपचार धनकुटा जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस