• २०८३ जेष्ठ ५ गते मङ्गलवार

थप ९ संक्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३, काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार चार हजार ४३ जनाको नमुनाको परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार सय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस