• २०८३ बैशाख ५ गते शनिवार

जाली नेपाली नोट सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 असोज २, महोत्तरी । प्रहरीले जाली नेपाली नोट सहित १ जनालाई पक्राउ गरेको छ ।

औरही नगरपालिका(१ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उक्त बजारस्थित फलफुल पसलबाट उनलाई उक्त जाली नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस