• २०८३ जेष्ठ १ गते शुक्रवार

गोसाइकुण्ड गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त पालिका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २२, रसुवा ।  गोसाइकुण्ड गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । सोमबार गाउँकार्यपालिकाको कार्यालय स्याफ्रुबेँशीमा आयाेजित कार्यक्रममा गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले पहिलाे पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए ।गाउँपालिकाको आठ हजार ४३ कुल जनसंख्या १२ वर्ष उमेर पुगेका सम्पूर्ण नागरिकले कोभिड १९ विरुद्धको दुई डोज खोप प्राप्त गरेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस