• २०८३ मङ्सिर ४ गते बिहिवार

थप ११ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ४ सय ५२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय ४२ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६५ हजार ५ सय ५९ जना रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस