फागुन २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ८८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या ९ लाख ७७ हजार ५ सय ६७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ३ सय ७६ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५९ हजार ४ सय ६९ जना रहेको छ ।
पछिल्लो चौबिस घण्टामा १ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४८ जना पुगेको छ ।