• २०८३ बैशाख ३० गते बुधवार

जनस्तरसम्म प्रहरी पुगेर वालवालिकालाई शिक्षा दिदै

राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

फागुन १६, प्युठान । प्युठान जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम लोकप्रिय बन्दै गएको छ। जनताका प्रत्यक्ष सरोकारका विषयमा प्रहरीले सक्रियता वढाएपछि जनतासंग प्रहरी कार्यक्रम लोक प्रिय वन्दै गएको हो ।


कुनै वेला मुस्कान सहितको प्रहरी सेवाका नामवाट जनताको घरदैलो पुगिरहेको जिल्लाको प्रहरी हाल जनतासंग प्रहरीका नामवाट घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । समुदायमा हुने विभिन्न खाले महिला हिंसा,तथा घरेलु हिसांको विरुद्धमा प्रहरीले समुदाय संग मिलेर जनचेतना जगाउँने कार्यलाई अगाडी वढाउदै आएपछि जनता उत्साहित देखिन्छन् ।

यसैबिच शुक्रवार ,प्युठान नगरपालिका स्थित बाल बिध्या मा बि मरन्ठाना अन्तर्गत बाल क्लबका विद्यार्थीहरु माझ सचेतना कक्षा सञ्चालन गरिएको छ ।मरन्ठाना प्रहरी चौकीका इन्चार्ज टीका कुवरले गाउँघरमा सडक सञ्जाल र इन्टरनेटको पहूँच पुग्दै गर्दा आपराधिक घटनापनि बढ्न सक्ने भएकाले स्कुल–स्कुलमा चेतनामूलक कक्षा संचालनलाई जोड दिएको बताउनुभयो । ‘साईबर क्राईम, मानव बेचबिखन, लागुऔषध सेबन तथा ओसारपोसार लगायतका घटना बढ्न सक्ने अनुमान छ । किनकी गाउँघरमा इन्टरनेट विस्तार भएको छ भने ग्रामिण सडकको पहूँच पुगेको छ । घटना आईसकेपछि फेस गर्नभन्दा पहिले नै विद्यालयमा अध्ययनरत किशोर किशोरीलाई आवश्यक शिक्षा दिन खोजेका हौ ।’ प्रहरि इन्चार्ज कुवरलले बताउनुभयो ।

वालवालिका तथा शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रममा उठेका सम्पूर्ण सवालहरुलाई समधान गर्नका लागी आफु लागी पर्ने कुवरले प्रतिवद्धता जनाउनु भयो।
जिल्लामा रहेको प्रहरीले जिल्ला भरि नै चल्ने दुर्घनावाट वचाउन यातायातहरुको सिट क्षमता भन्दा वढी सवारी राख्न नपाईने नितीलाई लागु गरेको, चोरी तस्करी नियन्त्रण गर्न , वाल विवाह, लागु औषध दुर्बेसनवाट वच्न वचाउन विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई शिक्षा दिदै आएको र घरेलु हिसांको अन्त्य गर्न तथा अवैध घरेलु मदिरा मुक्त जिल्ला घोषणा गर्न गाउँ गाउँमा आमा समुहहरु गठन गर्दै आए पास्चात यस्ता कार्यक्रम प्रभावकारीतामा सबैको सहयोग हुनुपर्ने प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्किले बताउनुभयो ।

प्युठान नगरपालिका ९ का वडा अध्यक्ष ध्रुब जि सि ले सामुदायिक प्रहरी साझेदारी अभियानले अपराध नियन्त्रणमा टेवा पुग्नुको साथै जनस्तरसम्म प्रहरी समुदाय साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गइरहेको बताउनुभयो। उहाँले समाजमा हुने महिला हिसां र घरेलु हिसांको सिकारमा कमि आए पनि जनचेतना महत्वपुर्ण र फलदायी हुने विश्वास व्यत्त गर्नुभयो ।
‘सामुदायिक प्रहरी साझेदारी अभियानले समाजमा विद्यमान समस्या समाधान गर्दै, अपराध मुक्त समाज निर्माणमा सबैको दायित्ववहन गर्न सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो।
वडा सचिब जि सि ले महिलाहरुको हिसां अनत्य गर्न सकारात्मक सोचको विकासमा सचेतना अभिवृद्धि गर्न स्कुलदेखिनै शुरु गर्नु पर्ने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस