• २०८३ जेष्ठ १६ गते शनिवार

जनताले दिएको मतको सम्मान गर्छौं : महामन्त्री थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २६, काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् । आज नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले जनमतको सम्मान गर्ने बताएका हुन् ।

उनले नेपाललाई मान्छे बेच्ने देश नभई सामान बेच्ने देश बनाउनको लागि नेपाली कांग्रेसको नेतृत्वमा तीन वटै तहमा सरकार बन्न आवश्यक रहेको बताए । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट बसन्त बस्नेत, नेकपा एमालेबाट भागवत राउत र नेकपा एकीकृत समाजवादीबाट बलदेव चौधरी चुनावी प्रतिस्पर्धामा रहेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस