• २०८३ जेष्ठ ३ गते आइतवार

आज नेप्से दोहोरो अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८,काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३९ दशमलव ४० अंकले घटेर २ हजार ६९३ दशमलव १० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९९ अंकले घटेर ५१३.६४ अंकमा झरेको छ । नेप्से परिसूचक सुस्ताउदा कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ५७ हजार कारोबारबाट २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार कारोबार रकम ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस