जाऊ प्रेमलता लुटेर सपना आँखा छ खाेला सरी ।
लान्छाै के अकडी भरेर अधुराे देखिन्छ झाेला सरी ।।
पापी भाे दुनियाँ भनेर कसरी सम्झाउँ हे निष्ठुर।।
के लान्छाै सखिया रहन्न वय याे जीवन्त चाेला सरी ।।
जानेछाै कुन लाेककाे शहरमा छैनन् नमर्ने नर ।।
टाढा छैन हरे अचेल नतिजा प्राणै छ ताेला सरी ।।
द्याैता हाै मनकाे भनेर फरजी खाेजेर घाेच्ने छुरा।।
अागाे झै किन हाे अधाेर मुखमा बन्दूक गाेला सरी ।।
राधा हाै पुजनी पुजेर दिलमा राखेछु थुङ्गाे जसै।।
छाडेरै सब राेष राग पिरलाे बस्ने छु भाेला सरी ।।