• २०८३ भाद्र २४ गते बुधवार

एमसीसीमा प्रचण्ड–माधव तगारो, विकल्प खोज्दै प्रधानमन्त्री देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

माघ २५, काठमाडौं ।दुई महिनाअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई बालुवाटारमा बोलाएर अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न आग्रह गरे । तर, सभामुख सापकोटाले राष्ट्रिय सहमति नभई आफूले कुनै हालतमा एमसीसी टेबल नगर्ने जवाफ दिए ।

प्रधानमन्त्री देउवानिकट नेपाली कांग्रेसका एक नेताकाअनुसार एमसीसी टेबल गर्ने विषयमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच त्यो दिन सवाल जवाफकै स्थिती बनेको थियो । ुप्रधानमन्त्रीको हैसियतले म भन्दै छु, तपाईले एमसीसी टेबल गर्नुहोस्,’ प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भएको संवादलाई उद्धृत गर्दै कांग्रेसका ती नेताले अन्नपूर्णसँगले भने ।

जवाफमा सभामुख सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट आज्ञा भए तत्काल एमसीसी टेबल गर्ने जवाफ दिए । तर, त्यसका लागि राष्ट्रिय सहमति पूर्वशर्त रहेको सापकोटाले बताए । सभामुख सापकोटाले एमसीसी टेबल गर्न असहयोग गर्ने संकेत प्रधानमन्त्री देउवाले झण्डै दुई महिनाअघि नै बुझिसकेका थिए ।

प्रधानमन्त्री देउवानिकट एक नेताकाअनुसार एमसीसी टेबल गर्ने विषयमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच त्यो दिन सवाल जवाफकै स्थिती बनेको थियो, प्रधानमन्त्रीको हैसियतले म भन्दै छु, तपाईले एमसीसी टेबल गर्नुहोस् ।

त्यसपछि देउवा विपक्षी दलहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग प्रत्यक्षरअप्रत्क्ष रुपमा निरन्तर संवादमा रहे । प्रधानमन्त्री देउवाले कहिले टेलिफोनमा त कहिले आफ्ना दूतमार्फत ओली र ठाकुरसँग निरन्तर संवाद गरिरहे । प्रधानमन्त्रीको दूत बनेर सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष ओलीसँग कुरा गर्न पटक पटक बालकोट गए । अहिले पनि प्रधानमन्त्री देउवा एमसीसी पारित गराउन एमाले अध्यक्ष ओली र लोसपा अध्यक्ष ठाकुरसँग निरन्तर संवादमा रहेको बालुवाटार स्रोतले बताएको छ ।

लोसपा अध्यक्ष ठाकुरलाई गत साता प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएर एमसीसीमा सहयोग गर्न आग्रह गरे । ठाकुरले प्रधानमन्त्री देउवालाई सकारात्मक जवाफ दिएका थिए । ठाकुर संसदका ज्येष्ठ सदस्य हुन् । सभामुख सापकोटाले एमसीसी टेबल गर्न असहयोग गरिरहे विकल्पमा संसदको ज्येष्ठ सदस्यको हैसियतमा त्यो भूमिका अध्यक्ष ठाकुरले लिनुपर्नेतर्फ प्रधानमन्त्री देउवाले संकेत गरेका थिए ।

संसद सूचारु गर्ने वातवरण बनाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग पटक पटक आग्रह गरिरहेका छन् । तर ओली सभामुख सापकोटाको राजीनामा नआएसम्म संसदमा अवरोध जारी रहिरहने अडानमा छन् । आफू प्रधानमन्त्री भएका बखत नै एमाले अध्यक्ष ओलीले एमसीसी टेबल गर्न खोजेका थिए । त्यसबेला सभामुख सापकोटा नै बाधक बने । अहिले पनि प्रधानमन्त्री देउवाले एमसीसी टेबल गर्न भन्दैछन्, तर सभामुख सापकोटा टसकोमस भएका छैनन् । सभामुख सापकोटा हटे संसद पनि खोल्ने र एमसीसी पारित गर्नसमेत प्रधानमन्त्री देउवालाई साथ दिने पक्षमा एमाले छ । तर सभामुख हटाउनेबारे कांग्रेसले सार्वजनिक रुपमा केही बोलेको छैन ।

अमेरिकासँग गरेको लिखित प्रतिबद्धता पूरा गर्न नसके अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी धुमलिने चिन्तामा त छन् नै, त्यो भन्दा पनि बढी अमेरिकाले एमसीसी फिर्ता लाने अवस्था आए त्यसपछि उत्पन्न हुने विविध परिस्थितिको सामना कसरी गर्ने भन्ने तनावमा पिरोलिएका छन् प्रधानमन्त्री देउवा ।

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी मुख्यालयलाई दिएको समयसीमा घर्किँदै गर्दा प्रधानमन्त्री देउवा एमसीसी पारित गर्नैपर्ने दबाबमा छन् । देउवा र दाहालले संयुक्त हस्ताक्षर गर्दै एमसीसी पास गर्ने प्रतिबद्धतासहितको पत्र गत असोजमा वाशिङ्टन डिसीस्थित एमसीसी मुख्यालयमा पठाएका थिए । सोही प्रतिबद्धतालाई आधार मान्दै एमसीसी मुख्यालयले संसदबाट एमसीसी पारित गराउन ताकेता गर्दैछ । एमसीसी पारित गराउँछु भन्दै पत्रमा हस्ताक्षर गर्ने तर आफ्नै हस्ताक्षरको स्वामित्व लिन प्रचण्ड तयार नभएपछि प्रधानमन्त्री देउवा विकल्प खोज्न थालेका हुन् । प्रधानमन्त्री देउवा जसै एमसीसी पारित गर्नुपर्ने बाध्यतामा छन, चाहे गठबन्धन रहोस् वा टुटोस् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अधिकांश नेता गठबन्धनको पक्षमा छैनन् ।

अमेरिकासँग गरेको लिखित प्रतिबद्धता पूरा गर्न नसके अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी धुमलिने चिन्तामा त छन् नै, त्यो भन्दा पनि बढी अमेरिकाले एमसीसी फिर्ता लाने अवस्था आए त्यसपछि उत्पन्न हुने विविध परिस्थितिको सामना कसरी गर्ने भन्ने तनावमा पिरोलिएका छन् प्रधानमन्त्री देउवा । गत साता बालुवाटारमा बसेको पाँच दलीय गठबन्धन बैठकमा प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्ने विषयबारे निर्वाचनपछि छलफल गरौं भन्ने प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री देउवाले उनीहरुको सो प्रस्ताव ठाडै अस्वीकार गरिदिएका थिए । प्रचण्डकै शैलीमा एमसीसीबारे अभिव्यक्ति दिन थालेपछि प्रधानमन्त्री देउवा नेकपा एसका अध्यक्ष माधव नेपालसँग सशंकित भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस