• २०८३ भाद्र २४ गते बुधवार

हुम्लाको ताँजाकोट गाउँपालिकामा आगो लगाउने एक कर्मचारीसहित दुई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, सुर्खेत। हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको स्टोर शाखासहित पालिकामा आगो लगाउने दुई जनालाई जिल्ला प्रहरी कार्याय हुम्लाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काका अनुसार पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका वडा नं. ४ गल्लाबाडा ४७ वर्षका कृष्ण चन्द्र जैसी र सोही गाँउपालिकामा स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षका धनराज ढकाल रहेका छन् ।

उनिहरुलाई जिल्ला अदालत हुम्लाबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । गाउँ कार्यपालिकाको कार्यालयमा भदौ सात गते राती एक बजे आगो लगाइएको थियो ।

प्रहरीले आगो लगाइएको दुई साताको अनुसन्धानपछि दुई जनालाई नियन्त्रणमा लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस