• २०८३ असार ४ गते बिहिवार

कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, वेलिंग्टन । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ। उहाँले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिनुभएको छ।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिनुभएको छ। यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस