• २०८३ भाद्र ९ गते मङ्गलवार

“म सबै धर्म को सम्मान गर्छु”- मेयर तिलक राई

पढ्न लाग्ने समय : २ मिनेट
  • विनोद दर्नाल, खबर24नेपाल

मंसिर २८, धरान । धरान ख्रिस्टमस महोत्सव २०७६ सम्पन्न भएको छ । मङ्सिर २६ र २७ गते दुई दिन सम्म भव्यरुपमा आयोजना भएको महोत्सव शुक्रबार सम्पन्न भएको हो । धरान उपमहानगरपालिका का मेयर तिलक राई को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा तिलक राई र उहाको मातालाई स्वयम सम्मान गरिएको थियो ।

 

कार्यक्रम मा बोल्दै मेयर राई ले आफु इसाइ धर्म सङ्ग परिचित रहेको र आफ्नो आमा स्वयम पनि इसाई भए पनि आफु भने आफ्नो संस्कार र परम्परालाई हेरेको र सबैको धर्मलाई ,आस्था लाई सम्मान गर्दै अघी बढेको बताउनु भयो । उहाले धरानमा इसाई हरु को मुख्य समस्या समाधी स्थलको बारेमा बोल्दै यस बिषय मा चाडै इसाई अगुवाहरु सङ्ग बसेर छलफल गर्ने र ख्रिस्टमस को बिदा भने स्थानिय स्तर बाट दिन मिल्ने भए बिचार गर्ने बताउनु भयो । धरानमा उपमहानगरपालिका सबै जात जाती , धर्मवालम्वी हरुको पहुच पुग्न जरुरी रहेको आवश्यकता औल्याउदै पहुच पुर्याउन प्रतिबदत्ता व्यक्त्त गर्नु भयो ।

समापन कार्यक्रम का मुख्य बक्त्ता नेपाल इसाई समाज का केन्द्रिय सचिव रेभरेन्ट कुबेर गुरुङ ले नेपालमा धर्म निरिपेक्ष भैसके पनि अझै पनि त्यो अनुभव गर्न नसकेको बताउदै इसाई हरुले ख्रिस्ट्मस डे मा पाएको बिदा काटिएको र यस्लाई पुन निरन्तरता दिन को लागि समाजले केन्द्र प्रदेश सबैमा पहल गरिरहेको बताउनु भयो । कार्यक्रम मा धरान भरिका पास्टर अगुवाहरु , सम्पूर्ण इसाई हरु , गैइसाइ हरु समेत गरी २६ र २७ गते दुइदिन मा करिव १५ हजार दर्शक हरुले अवलोकन गरेको महोत्सव संयोजक पास्टर महेन्द्र जङ्ग साम्पाङ्ग ले जानकारी दिनु भयो ।

कार्यक्रम मा धरान भरिका बिभिन्न चर्च हरुले आ आफ्नो तर्फबाट बिशेष प्रस्तुति हरु नाच , गीत र बिभिन्न ट्यालेन्ट शो प्रस्तुत गरेका थिए । २१ वटा स्टल रहेको महोत्सवमा दुइदिनमा लगभग १० लाख भन्दा माथिको कारोवार भएको सचिव एल्डर रमेश राइले जानकारी दिनुभयो । जहाँ , बिभिन्न जातित्व झल्काउने खानाका परिकार सङ्गै , ईलाम को चिया , किवी ,ख्रिस्ट्मस सामाग्री हरु , स्टेसनरी , लगायत रहेको थियो । विगतका बर्ष हरु मा झै यस बर्ष पनि इसाई हरुको एकता लाई कायम गर्दै , संसार को मुक्त्तीदाता येशु ख्रिस्ट को जन्मोत्सवको अवसरमा यसरी महोत्सव मार्फत शुभकामना आदनप्रदान गर्न पाउदा सबै इसाइहरु उत्साहित भएको र यो कार्य आगामी बर्ष हरुमा पनि निरन्तरता दिने संयोजक सामपाङ्ग ले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस