• २०८३ कार्तिक १७ गते सोमवार

जन्ती बोकेको जिप दुर्घटना हुदाँ एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, बैतडी । बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुलाहा-दुलही घाईते भएका छन् । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।

प्रहरी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दुलाहाका काका दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् । विवाह सकेर आईतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस