पुष ११काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । डा। गोविन्द केसीसहितका नागरिक अभियन्ताहरु आइतबार जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी दिएका हुन् ।
जबराले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप अभियन्ताहरुको छ । जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा क्षेत्री मार्फत २०६५ सालमा काठमाडौं महानगरपालिका–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कि।नं। ११० को बहुमूल्य जग्गा हाल करिब ४० करोड भनिएको मा लगानी गरेको उजुरीमा भनिएको छ ।