• २०८३ बैशाख २१ गते सोमवार

रामचन्द्रको आशंका : प्रधानमन्त्री देउवाले बीचमै संसद् अन्त्य गर्न सक्छन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २९, काठमाडौं । कांग्रेसका नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बीचमै अन्त्य गर्न सक्ने आशंका गरेका छन्। बुधबार बिहान फेसबुकमार्फत उनले देउवाको नाम नलिई संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरेको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्रिनेछ।’ उनले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन ध्यानाकर्षण गराएका छन्।

पौडेलले सामाजिक सञ्जालमा लेखेका छन : ६ महिनाकाे समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् ।

संसद चलाउछु र संसदबाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने ओलीकाे नियतीका सामु सर्मपर्ण गरेकाे ठर्हनेछ । राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिककाे ध्यानाकर्षण गर्दछु । देशलाई प्रयाेगै प्रयाेगकाे थलाे बनाएर थिलथिलाे पार्ने षड्यन्त्र हाे यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ ।
रामचन्द्र पाैडेल
२९ मंसिर २०७८

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस