• २०८३ बैशाख २१ गते सोमवार

कमेडियन खबपु दुर्घटनामा घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, ११ काठमाडौं । हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् ।

काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा अनुहार, हात र खुट्टामा चोट लागेको उनका साथी नवराज थापाले बताए ।

‘खबपु बिहीबार रातिनै सामान्य उपचारपछि घर फर्किएका छन्’ थापाले भने ‘अहिले उनको अवस्था सामान्य रहेको छ ।’

खबपु दुर्घटना परेको ठाउँको बाटो सागुरो भएकोले पनि सो घटना घट्को थापाको भनाइ छ । उनको स्कुटी पनि सामान्य क्षति भएको छ ।

नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा निकै ब्यस्त छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस