• २०८३ बैशाख १९ गते शनिवार

बालेनसँग प्रचारमा हिडेका दिनेश सिटौला बेहोस, सेनाको जहाजबाट काठमाडौँ लगियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६ सुर्खेत। सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहसँगै गएका दिनेश सिटौला अचानक बेहोस भएपछि उपचारका लागि काठमाडौं लागिएको छ ।

बालेनको टोली अछामको मंगलसेनतर्फ जाँदै गर्दा शुक्रबार बिहान करिब ९: ३० बजे बाटोमा चिया खान गाडी रोकिएको थियो । अछामका रास्वपा उम्मेदवार भूपदेव शाहको घर नजिकै रहेको सो स्थानमा गाडीबाट ओर्लिन लाग्दा सिटौला अचानक बेहोस भएर ढलेका थिए ।

घटनापछि उनलाई तत्काल अछाम जिल्ला अस्पताल पुर्‍याइएको थियो । सिटौलाको टाउकोमा गम्भीर चोट लागेकाले बताइएको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएपछि उनलाई सेनाको हेलिकप्टरबाट सुर्खेत र त्यहाबाट सेनाको जहाजबाट काठमाडौं लागिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस