• २०८३ बैशाख १५ गते मङ्गलवार

परराष्ट्रमन्त्री खनाल र युरोपेली संघकी राजदूत लोरेन्जोबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १५, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् । मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल-युरोपेली संघ सम्बन्धलाई अझ गहिरो बनाउने तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

भेटमा आपसी हित, सहकार्य विस्तार र विभिन्न क्षेत्रका साझेदारीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस