• २०८३ भाद्र ११ गते बिहिवार

संसदीय समितिमा पुस्तकालय नीतिवारे छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ।

उता, विधायन व्यवस्थापन समितिको बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संक्रामक पशु रोग (नियन्त्रणं) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल गरिने भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस