वैशाख ११, काठमाडौं । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई १०३ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०८ रनको लक्ष्य पछाएको मुम्बईले १९ ओभरमा अल आउट हुदै केवल १०४ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले ३७ र सुर्यकुमार यादवले ३५ रन बनाए भा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यसैगरी चेन्नईका बलर अकिल हुसैनले सर्बाधिक ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले सन्जु सामसनको १०१ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो ।
यो जितपछि चेन्नईको ७ खेलमा ६ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बई इण्डियन्सको भने ७ खेलमा यो पाँचौं हार हो ।