वैशाख १०, काठमाडौं । राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ४० रनले पराजित गरेको हो ।

राजस्थानले दिएको १६० रनको लक्ष्य पछाएको लखनउले १८ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो । लखनउका लागि मिचेल मार्शले सर्बाधिक ५५ रन बनाए भने निकोलस पुरनले २२ तथा हिम्मत सिंहले १५ रन बनाएका थिए ।
त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने नान्द्रे बर्गर र बृजेश शर्माले २-२ तथा रविन्द्र जडेजा र रवि विश्नोईले २-२ विकेट लिए । यसअघि पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो । राजस्थानका लागि रविन्द्र जडेजाले ४३ तथा यशस्वी जैसवाल र शिमरन हेटमायरले २२-२२ रन बनाएका थिए ।
यो जितपछि राजस्थानको ७ खेलमा १० अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने ७ खेलमा ४ अंक रहेको छ ।