• २०८३ बैशाख ३ गते बिहिवार

रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारविरुद्ध उजुरी परेको छ । कैलाली-१ बाट मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी बदर गर्न मागसहित नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डंगौराले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

टीकापर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए । निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पेश गर्न बिहीबारसम्मको समय दिएको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस