• २०८३ बैशाख ७ गते सोमवार

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने गरि बैठक बोलाएका छन् ।

बैठकमा सबै सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । बैठकले पार्टीको महाधिवेशन बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । यसअघि आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन बैशाख १५ गतेदेखि शुरु गर्ने निर्णय गरिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस