• २०८३ असोज २८ गते बुधवार

कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस