• २०८३ असोज २८ गते बुधवार

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित चितवनकाे भरतपुर महानगरपालिका-२९, जुगेडीबाट ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा गाँजा ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले ट्रक रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा ट्रकको पछाडिको ढालामा त्रिपालले छोपेर राखिएका १० वटा पोकामा १३६ किलो ५०० ग्राम गाँजा फेला परेको हो । गाँजासहित ट्रक र चालक मकवानपुरको भीमफेदी गाउँपालिका-४, पान्द्राङ बस्ने २७ वर्षीय रञ्जित सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस