• २०८३ बैशाख ५ गते शनिवार

एससीसी उपहार हो कि पान्डोराज बक्स : हुवा चुनयिङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं । चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स (समस्याको पोको) हो ? भनेर प्रश्न गरेकी छिन् ।

यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको उनले बताइन् । अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो, मलाई आश्चर्य लागेको छ । यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ रु यो उपहार हो वा पान्डोराज बक्स ?

अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने प्रवक्ता चुनयिङले बताइन् । उनले यस्तो सहयोग दिंदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको चुनयिङले बताएकी छन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले भने आफूहरूले नेपाली नेतालाई धम्की नदिएको बताएको छ। अमेरिकी अधिकारीहरूले नेपालमा एमसिसीको यति धेरै विरोध हुनुका पछाडि विदेशी शक्तिको हात रहेको बताउँदै आएका छन्। लुले टेलिफोन गरेको एक सातापछि चीनले नेपालमा अमेरिकाको धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस