असोज २६, काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राती कर्णाली र सूदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।