• २०८२ चैत्र २५ गते बुधवार

उपसभामुखको निर्वाचन शुक्रबार हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, काठमाडौं । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्र २७ गते शुक्रबार उपसभामुखको निर्वाचन हुने बताउदै प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई उपसभामुखको निर्वाचनको कार्यतालिका आजै सार्बजनिक गर्न निर्देशन दिएका छन् ।

सभामुख रास्वपाबाट निर्वाचित भइसकेको अवस्थामा संबिधान अनुसार अब उपसभामुख फरक दलबाट हुनुपर्ने र पुरुष सभामुख भएको अवस्थामा उपसभामुख महिला हुनुपर्ने व्यवस्था रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस