• २०८३ बैशाख ३० गते बुधवार

उपत्यकामा १०१७ थप जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०१७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ गरी १०१७ जनामा संक्रमण पुष्टि भएको हो । थप १५ सय ५१ जनामा कोरोनासंक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज २३ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६७ हजार ५ सय ४२ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ६३ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस