• २०८३ बैशाख १६ गते बुधवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।​ प्रसाईंले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेका छन् । उनले उक्त भिडियोमा उनले नेपाललाई विदेशी सेनाको अखडा बनाउन लागिएको दाबी गरेका थिए ।

उक्त अभिव्यक्तिका कारण उनलाई पक्राउ गरिएको प्रहरीले उच्च स्रोतले जानकारी दिएको छ । उनलाई निर्वाचन आयोगको पत्र आएपछि पक्राउ गरिएको साइबर ब्यूरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाऊ महाअभियानका संयोजक समेत रहेका प्रसाईं यसअघि यही माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंलाई हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएपछि उनी हिरासत मुक्त भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस