• २०८२ असार ५ गते बिहिवार

मुहान सफा नभई कुवा कसरी सफा हुन्छ ? भाग-२ लेखेपछि …………..

पढ्न लाग्ने समय : ३ मिनेट

साउन १८,काठमान्डौ । यहि १८ जुलाई अर्थात साउन २ गते मैले लेखेको मुहान सफा नभई कुवा कसरी सफा हुन्छ? भन्ने शिर्षकमा लेखेको लेखको बिषयमा धेरैले निरन्तर रुपमा म संग जवाफ माग्नुभएको छ । अझै केहिले लगातार जवाफ माग्न छोड्नु भएको छैन । सत्तारुढ नेकपाका अध्यक्ष तथा पुर्ब माओबादी कमाण्डर पुष्पकमल दाहालसंग जोडिएका ठेकेदार र ठेक्काका कामहरुमा भएका ठग प्रबृतिको बिषयमा त्यतिबेला मैले सानो संकेत मात्र गरेको थिएँ । त्यसपछि १३ वटा अनलाईन, आधा दर्जन भन्दा बढि शक्तिशाली ग्रुप र अधिकांश इन्टरनेटका मिडियाले त्यो बिषय साभार गरे ।

यसरी त्यो सानो स्टाटस केहि दिनमै लाखौं जनता माझ पुग्यो । त्यसपछि के भयो म यहाँ अवगत गराउन चाहन्छु ।

१.त्यो बिषय सार्बजनिक भएपछि संघीय संसद प्रतिनिधीसभा बिकास तथा प्रबिधी समितिको बैठक बस्यो । खासगरि , उपत्यका भित्रका सडकको जिम्मा पाएका ठेकेदारहरुको लिष्ट मगाउने र अध्ययन गर्ने काम समितिले शुरु गर्यो ।

२. बिषयमा उठान भएका कुरामै टेकेर बिकास समितिका एकजना माननीयले पुष्पकमल दाहाल लगायतका नेताहरुसंग जोडिएका ठेकेदारहरुलाई कारवाही हुनुपर्ने प्रसंग उठाए । स्मरण रहोस, संघीय संसद अन्तर्गतका बिभिन्न समितिमा सबै दलका सदस्यहरु आबद्ध रहेका छन् । बिकास समितिको सभापतिमा कल्याणी कुमारी खड्का रहेकी छिन् । २७ जना सदस्य सहित प्रधानमन्त्री र ४ जना मन्त्रीहरु यसका पदेन सदस्य रहेका छन् ।

३, समितिका सदस्यहरुले संकास्पद ठेकेदारको भुक्तानी रोक्कागरि अनुशन्धान थाल्नुपर्ने माग उठाए । तोकिएको अबधीमा काम सम्पन्न नगर्ने ठेकेदारको तत्काल लाइसेन्स खारेज हुनुपर्नेसम्म माग समिति भित्र चर्किसकेको छ ।

४. समितिको बैठकमा भौतिक योजनामन्त्री रघुविर महासेठको चर्को आलोचना मात्र भएन, शिर्ष नेताहरुलाई ठेकेदारसंग समन्वयगरि पैसा असुल्ने, पैसा असुल्न लगाउने र काममा बिलम्ब गर्ने भुमिका मन्त्रीबाटै भएको प्रसंग समिति भित्रका केहि सदस्यले उठाइसकेका छन् ।

५. त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र जनस्तरबाट आएका बिरोध, ठेकदारको नामावली र ठेक्काको बिबरण माग गर्नुभएको छ । उहाँले तोकिएको मिति भित्र काम नगर्ने ठेकेदारलाई कारवाही गर्न समितिले गर्ने निर्णयमा पुर्ण समर्थन गर्ने जनाउ दिइसक्नु भएको छ ।

६. प्रधानमन्त्री सहित समितिका सभापति र सदस्यहरुबाटै ठग ठेकेदारको छानविन गरि कारवाही गर्नुेपर्ने बिषय बाहिर आएपछि अख्तियार अनुशन्धान आयोगले मातहतका इन्जिनियर र सम्बन्धित बिभागीय प्रमुखलाई बोलाएर धमाधम सोधपुछ शुरु गरेको छ । केहि इन्जिनियरलाई सोधपुछकै लागि थुनामा राखिएको छ ।

७. साउन २ गते मैले लेखेको बिषयको स्किृन सट अर्थात फोटोकपी लिएर एकजना माननीय बैठकमा सहभागी हुनुभयो । उहाँले यो बिषय सांचो होकि झुठो हो तुरुन्त भौतिक योजना मन्त्रीले जवाफ दिनुपर्यो भन्दै कड्किएपछि भौतिक योजनामन्त्रीले यो बर्ष भित्र कलंकी–नागढुंगा सडकको सम्पुर्ण काम सकिने आश्वासन दिएका थिए ।

८. समितिको बैठकमा यसपटक सत्तारुढ दलकै सासदहरुले शिर्ष नेताहरुबाट ठेकेदारको बचाउ नगर्ने हो भने ठेकेदारहरुले ठग्न नसक्ने कुराहरु पनि उठाएका थिए । प्रायजसो बैठकमा सत्तारुढ र प्रतिपक्ष सांसद बिच हुने बिबाद यसपटकको बैठकमा त्यस्तो निकै कम देखियो । सबै सदस्यहरु एकमत देखिए ।

९. समितिको बैठकपछि केहि ठेकेदारहरु कारवाहीको लिष्टमा परिसकेका छन् । केहि ठेकेदार कम्पनीको करार भंग गरेर पेश्की रकम असुल्न निर्देशन जारी समेत भएको छ । तर, अदालती प्रक्रियामा पुगेर उल्झन हुन सक्ने खतरा उति नै छ । त्यसका लागि आम नागरिकले अझै खबरदारी गर्न निकै आबस्यकता देखिएको छ ।

१०. बर्तमान सरकार भ्रष्टाचार र अनियमीततामा चुर्लम्म डुविसकेकोले हामी तमाम नागरिक चनाखो बन्न उति नै आबस्यक छ । संसदका बिभिन्न समितिहरुको सदस्यमा सबै दलका प्रतिनिधी हुने भएकोले केहि आसा भने जिवितै छ । किनकी यसमा चेक एण्ड ब्यालेन्सको सिद्धान्त लागु हुन्छ । एउटाले बदमासी गर्यो भने अर्कोले बिरोध गर्छ । यस्ता समितिले सरकारलाई खबरदारी गर्ने काम मात्र गर्देन, कारवाहीका लागि सिफारिस गर्ने अधिकार नि राख्छ ।

त्यसैले, नागरिकस्तरको खबरदारीले शिर्ष नेताहरुबाट संरक्षित ठेकेदारहरुलाई निषेध गर्न सकिन्छ । अझै सबै मिलेर बोलौं । देशका लागि जे सकिन्छ गरौं ।

लेखक त्रिपाठी, नेपाली मिडिया क्षेत्रमा सम्पादक बनिसकेका छन् त्रिपाठीले समसामयीक बिषयमा कलम चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस