• २०८३ बैशाख २० गते आइतवार

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २०,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । रास्वपाले आज दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टी समायोजन, बिस्तार एवं सुदृढीकरण बारे छलफल र निर्णय लिइने एजेण्डा रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गरेको छ । जस अनुसार कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछिको वरियता दिदै उपसभापति दिइएको छ भने बालेन शाह पक्षका केहि नेतालाई पदाधिकारीमा ल्याइने तयारी भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस