• २०८३ बैशाख ३१ गते बिहिवार

  छेकम्पारमा आगलागी हुँदा एकजना घाइते 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
पौष १८, काठमाडौं ।    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताउनुभयो । आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिनुभयो ।
“घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ । आजै बोकेर सिर्दिबास लैजाने  तयारी छ”, उहाँले भन्नुभयो । छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल हिँड्नुपर्छ । आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ताकपडा, अन्नपात, काठदाउरा, जस्तापातालगायत सामग्री पूर्ण रुपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो । चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस