• २०८३ जेष्ठ ७ गते बिहिवार

एमालेको केन्द्रीय कमिटी बैठक ‘जर्मन हाउस’मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक यही मंसिर २५ र २६ गते बस्दै छ । बस्ने सचिव पद्मा अर्यालका अनुसार बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैठकको मिति यसअघि नै तय भइसके पनि स्थान भने आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो ।एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठक भने नवनिर्वाचित पदाधिकारीहरूले शपथग्रहण गरेलगत्तै मंसिर १४ गते सौराहामा बसेको थियो ।

केन्द्रीय कमिटीको आकार ३०१ बनाइएसँगै स्थान अभाव हुने भएकाले बैठक गठ्ठाघरमा रहेको जर्मन हाउसमा बस्न लागेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस