• २०८३ जेष्ठ २ गते शनिवार

हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ : प्रम ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि किसिमको हिंसाको पक्षमा नरहेको बताएका छन् । आज काठमाडौँमा भएको नुवाकोटका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ओलीले प्रचण्डले लाठी खान मन छ भन्ने अभिव्यक्तिले युवालाई भड्काएको बताएका छन् ।

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे । उनले भने, ‘‘हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमितता अब हुँदैन ।’’

त्यस्तै, ओलीले पार्टीका सबै कमिटीहरुको पुनः गठन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन पनि गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको दाबी गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस