• २०८३ कार्तिक १९ गते बुधवार

नेपाल प्रहरीको महानिरीक्षकमा मनोज केसी नियुक्त, दानबहादुर कार्की हटाइए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी मनोजकुमार केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर उनको ठाउँमा केसीलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो प्रस्तावमा कार्कीलाई हटाएर केसीलाई नियुक्त गरिएको हो । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको बिशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि यस बैठकले गरेको छ। यसका लागि प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीकाे विशेष सल्लाहकार दरबन्दी सिर्जना गरिएकाे थियाे ।

बालेन धेरैअघिदेखि महानिरीक्षक कार्कीलाई हटाउन चाहन्थे । तर गृहमन्त्री सुधन गुरुङ महानिरीक्षकबाट कार्कीलाई हटाउन चाहँदैनथे ।

कार्कीलाई विवादमा पारेर हटाउन केही दिनअघि मात्र पत्रकार र मिडियामा आतंक मच्चाइएको थियो । मिडिया र पत्रकारमाथि धरपकड गरेपछि आइजी कार्की विवादमा तानिएका थिए । केसी आइजिपी बन्न लागेकाे भनेर केही दिनअघि बिचाैलियाकाे अडियाे सार्वजनिक गरेकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस