• २०८३ असार ३ गते बुधवार

उद्योग मन्त्रालयद्वारा तीन जना विज्ञ सदस्य नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जना ‘बोर्ड अफ ट्रेड’ मा विज्ञ सदस्य नियुक्त गरेको छ । निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुशकुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई ‘बोर्ड अफ ट्रेड’ को विज्ञ सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्र अनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको मन्त्री दामोदर भण्डारीको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार यो नियुक्ति २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गरिएको हो । विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार गर्ने, निजी क्षेत्रको सक्रियता, नीतिनिर्माणमा समन्वय र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउने बोर्ड अफ ट्रेडको भूमिकालाई महत्त्वपूर्ण आधारका रूपमा लिइएको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस