• २०८३ जेष्ठ ५ गते मङ्गलवार

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
काठमाडौँ, ८ मङ्सिर।  प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिनुभएको छ । श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएको थियो ।
“दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ । फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका वावजुद विश्वमा नेपाल र नेपालीको शीर उच्च राख्ने टिमलाई हार्दिक बधाई”, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ । विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस