• २०८३ जेष्ठ १९ गते मङ्गलवार

एनपीएलः सुदूरपश्चिमले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा सुरु हुने दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

दुई खेल खेलेका सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेर तेस्रो स्थानमा छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

Sharing

प्रतिक्रिया दिनुहोस