• २०८३ बैशाख ८ गते मङ्गलवार

हत्या गरेको अभियोगमा काठमाडौं र रौतहटबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौं । आफ्नै श्रीमती ३५ वर्षीया सर्मिला मग्रातीको हत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

भिमसेनले सर्मिलालाई करूवा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै रौतहटको यमुनामाई गाउँपालिका-५ फतुवा बस्ने २२ वर्षीय साहबुदिन मियाको हत्या गरेको अभियोगमा गौर नगरपालिका-३ बस्ने २० वर्षीय सोनु भन्ने सनोज रामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका-५ स्थित बाँसघारीमा सनोजले चक्कु प्रहार गर्दा साहबुदिन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका साहबुदिनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस