असार ३१, काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। ढाकास्थित बसुन्धरा किंग्स एरिनामा नेपाली समय अनुसार ६:४५ मा खेल सुरू हुनेछ। श्रीलंकाविरुद्ध मैदानमा उत्रिदै गर्दा नेपाली टोली आज दोस्रो जितको खोजिमा हुनेछ ।

नेपालले दोस्रो खेलमा घरेलु टोलीसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । त्यो हारले नेपाली टोलीको उपाधितर्फको बाटो जति जटिल बनाएको छ। अब आउने खेलहरू नेपालले फराकिलो जित निकाल्नु पर्ने हुन्छ। नेपालले विशेषतः भुटान र श्रीलंकामाथि आफ्नो दबदबा छोड्न सक्नुपर्छ।
श्रीलंका यस प्रतियोगितामा हालसम्म सबैभन्दा कमजोर टोलीको रुपमा देखिएको छ । नेपाली महिला उमेर समूह टोलीले श्रीलंकासँग यसअघि मात्र एक खेल खेलेको छ । सन् २०२१ को यू–१९ च्याम्पियनसिपमा भएको भेटमा नेपालले श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।
घरेलु टिम बंगलादेश लगातार २ जितका साथ ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। नेपाल र भुटानको सामान ३ अंक छ । तर, गोल अन्तरले नेपाल दोस्रो स्थानमा रहेको छ भने अघिल्लो २ खेलमा लगातार हार बेहोरेको श्रीलंका पुछारमा छ।
साफ यू २० खेल्ने नेपाली टोली
बिर्सना चौधरी ९कप्तान०, लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के।सी।, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर