• २०८३ बैशाख ९ गते बुधवार

सुपर सिक्समा ओमानसँग पनि हार्यो युएई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं । ओमानले आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्समा युएईलाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा ओमानले युएईलाई ५ विकेटले पराजित गरेको हो । युएईले दिएको ११३ रनको लक्ष्य पछाएको ओमानले १९.४ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ७ विकेट गुमाउदै ११२ रन मात्र बनाएको थियो ।

यो जितपछि ओमानको सुपर सिक्समा ३ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै युएईले भने सुपर सिक्समा लगातार दोस्रो हार बेहोरेको छ । यो हारपछि युएईको ३ खेलमा २ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस