• २०८३ जेष्ठ ४ गते सोमवार

मुगुमा एकै परिवारका चार जनाको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, मुगु। मुगुमा एकै परिवारको चारजनाको शव फेला परेको छ । छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने २८ वर्षीया श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, १ वर्षीय रहर बोहोरा र उनकै छोरी ७ वर्षीया अप्सरा बोहोरा आफ्नै घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

घाँटी रेटी हत्या गरेको अवस्थामा उनीहरुको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट कुकुरसहित खटिएको प्रहरी टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस