• २०८३ जेष्ठ २४ गते आइतवार

अमेरिका १९५ रनमा अल आउट, दिपेन्द्रले लिए ४ विकेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाडौं । अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो ।

अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ८३ रन बनाएका थिए भने शेहान जयसूर्याले ५० र मिलिंद कुमारले २८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस