• २०८३ बैशाख १० गते बिहिवार

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौं ।   नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सिमा बढाएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति मार्फत घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको बताएका छन् ।यस्तै, उनले दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने पनि बताए । उनले भने, ‘दोस्रो वित्तिय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपनि कार्यान्वयनमा ल्याइने छ । निजी आवासिय, घर निर्माण गर्न वा खरिद गर्न प्रवाह गरिने कर्जाको सिमा रु २ करोडबाट बढाएर, रु.३ करोड कायम गरिने छ । पहिलो घर निर्माण वा खरिद गर्दा यस्तो कर्जाको लागि कर्जा मूल्य अनुपात बढिमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढिमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था मिलाइने छ ।’ यसको साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने कर्जाको सिमा पनि बढाएको उनले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस